
महोत्तरी- महोत्तरीको भन्सार नाका मटिहानीबाट भारतीय नम्बरको कारमा बुधबार प्रतिबन्धित गाँजा भारत प्रवेश गर्न खोज्दा सीमा क्षेत्रबाटै एसएसबीले नियन्त्रणमा लिएको हो ।
गाजा लिएर भारतमा प्रवेश गर्न खोज्दा मधवापुरको गाान्धी चोकमा बीआर ०६ टी ३२२१ नम्बरको कार गाँजासहित एसएसबीले नियन्त्रणमा लिएको हो । एसएसबीले नियन्त्रणमा लिएको कार छोटी भन्सार नाका मटिहानी कार्यालयअगाडि सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डे नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोलीले चेक गरी भारततर्फ पठाएको थियो ।
सशस्त्र प्रहरीको संग्नतामा नेपालबाट भारततर्फ तस्करी बढेको छ । नेपाल तर्फबाट सशस्त्र प्रहरीले चेक गरेको सय मिटरभित्रै भारततर्फ एसएसबीले गाँजासहित गाडी नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीकै संलग्नतामा गाजा तस्करी भइरहेको आरोप पुष्टि भएको छ । गाडी चेक गर्न खोज्दा चालक भागेका थिए । गाँजा बरामद भएको गाडी थप अनुसन्धानका लागि एसएसबीले जयनगर मुख्यालयमा बुझाएको छ ।
भारतीय सुरक्षा निकायले गाडीको इन्जिनमा लुकाएको गाँजा बरामद गरेको छोटी भन्सार नाका मटिहानीका सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेले बताए । ‘भन्सारअगाडि हामीले गाडीको कागज, गाडीको भन्सार र गाडीको भित्र चेक गर्दा केही पाएनौँ,’ सशस्त्र प्रहरी निरीक्षक पाण्डेले भने, ‘भन्सार पार गरेर अगाडि बढेको केही दूरीमै इन्जिनमा लुकाएर ल्याएका गाँजा एसएसबीले बरामद गरेको छ । भारतीय प्रहरीले यसबारे विस्तृत जानकारी नदिएको उनले बताए ।