बर्दिवासमा आयोजित दशै सस्तो बजारले व्यापारलाई चलायमान वनाएको छ ।
बाढीपहिरोको कारण राजमार्ग अवरुद्ध हुँदा चहलपहल नदेखिएतापनी बर्दिवासको स्थानिय बजार भने चलायमान देखिएको हो ।



बर्दिवास उधोग बाणिज्य संघले १६ गतेदेखि २५ गतेसम्म आयोजना गरेको सस्तो बजारमा दुई दिनमा नै १५ हजार भन्दा बढीले अवलोकन गरेको उधोग बाणिज्य संघले जनाएको छ ।
जलेश्वर सडक खण्डको दायाँतर्फ विशेष बजारमा राखिएका झण्डै ६० वटा स्टलहरुमा मात्र हैन अहिले बर्दिवासलाई सस्तो वजार वनाईएको छ ।
हरेक उपभोग्य वस्तुहरुमा भारी छुटको व्यवस्था गरिएको छ भने मेकानिक देखि व्युटीपार्लरमा समेत ५० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ ।
`वास्तवम मै दशै सस्तो बजार सोचेभन्दा निक्कै राम्रो भएको छ ।´ बर्दिवास उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले भने । `मन्दीको यो समयमा बर्दिवासमा देखिएको चहलपहलले खुसी तुल्याएको छ ।´
त्यसो त उपभोक्ताहरु पनि सस्तो बजारवाट सन्तुष्ट वनेको प्रतिक्रिया दिएका छन । उपभोग्य सामानहरु देखी लत्ताकपडामा समेत सस्तो पाईएको वताउदै सिरहावाट आएकी आशा भण्डारीले अन्य साथीहरुलाई सस्तो बजारमा आउन सुझाएको वताईन ।
भण्डारी जस्तै स्थानिय उपभोक्ताहरु पनि उत्साहित देखिएका छन । सस्तो बजार खोज्दै भारतिय सिमामा रहेका बजारहरुमा पुग्नुपर्ने वाध्यताको दशै सस्तो बजारले रोकेको उनिहरुको भनाई छ ।
`हुन त भारतिय बजारहरु मधुवनी, सितामाढीको जस्तो त के पाईन्थ्यो तर आवतजावत खर्च जोडदा उस्तै वन्दो रहेछ ।´ बर्दिवास-५ कि संगिता तामाङले भनिन । `जे होस हामीले यसपाली बर्दिवासमा अघिल्लो बर्षको तुलनामा निक्कै फरक पाएका छौ ।´
सस्तो बजारको चलपहलले व्यापार सोचेभन्दा राम्रो भएको स्थानिय व्यापारी चन्द्र वहादुर बिश्वकर्मा वताउछन । अघिल्लो बर्षको भन्दा किनमेलमा उपभोक्ताहरुको वाल्लो आवतजावत देखिएको वताउदै बर्दिवास उधोग बाणिज्य संघले लगाएको सस्तो बजारले व्यापारीहरुमा राहत भएको उन्को भनाई छ ।





