
महोत्तरी - महोत्तरी जिल्लाको औरही नगरपालिका स्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज हिन्दुहरूको महान पर्व दसैंको शुभ उपलक्ष्यमा आफ्ना ज्येष्ठ सदस्यलाई दसै खर्च वितरण गरेको छ। औरही नगरपालिका वडा नम्बर ७ मा रहेको संस्थाले आफ्ना ७२ जना जेष्ठ सदस्यहरुलाई रु ५०० दरले दसै खर्च दिएका छन्। श्री राम विलास चन्देस्वर यादव जनता माध्यमिक विद्यालयमा भएको सो कार्यक्रममा औरही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्री राम आश्रय यादव ,वडा नं. ७ का वडा अध्यक्ष जितेन्द्र यादवले वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। संस्थाले विगत चार वर्षदेखि जेष्ठ सदस्यहरूलाई दशैं खर्च दिँदै आएका छन्।
कार्यक्रममा संस्थाकी अध्यक्ष गणिता यादव ,सचिव राम नारायण साह , व्यवस्थापक संजय कुमार यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले ज्येष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको कुरा बताउनुभयो साथै यसलाई निरन्तरता दिने कुरा पनि बताउनुभयो। त्यस्तै सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई सरकार बाट प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिने कुरा बताउनुभयो।
दिउँसो १२ बजेदेखि भएको कार्यक्रममा यस नगरपालिका अन्तरगतका भोइल , टिमकिया, चेपकट,श्रीपुर र फुलवरिया गरी जम्मा ५ गाउँका संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभयो।





