महोत्तरी - औरही नगरपालिकामा समाजमा शान्ती र स्थायीत्व स्थापनाको उदेश्यले पाच बर्ष पश्चात नौ दिने रामनाम जप महायज्ञ शुरु भएको छ । ओैरही नगरपालिका वडा नं.८ टिम्कियामा बिहान शान्ती कलश शोभा यात्रा निकाली नौ दिने रामनामजप महायज्ञको शुरुवात गरिएको हो ।
आयोजक गाउँ स्थित ब्रह्मस्थानबाट निकालिएको कलश शोभा यात्रा औरही नगरपालिका ७ सोनामाई स्थित रहेको प्रसिद्ध सोनामाई मन्दिर अगाडी रहेको पोखरीमा पुगी जल लिई गाउँको परिक्रमा गर्दै पुनः ब्रह्मस्थानमा कलश स्थापना भई सम्पन्न गरिएको छ ।
स्थानीयको आर्थिक सहयोग र ग्रामीण यूवाको आयोजनामा हुनलागेको नौ दिने रामनाम जपमहायज्ञमा स्थानीय परोसी गाउँ लगायत ठाउँको भजनकिर्तन मंडलीहरु सहभागी हुने आयोजक समितीले जनाएको छ । पाच बर्ष पश्चात हुनलागेको रामनाम जप महायज्ञलाई हर्षोल्लास पूर्वक सफल पार्न स्थानीय यूवाहरु लागीपरेका छन् । भने स्थानीय हर्षीत भएका छन् ।
बाजागाजा सहित निकालिएको शान्ती कलश शोभायात्रामा औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का,नगर उप प्रमुख रेनु झा,स्थानीय वडा अध्यक्ष राम आश्रेय यादव,पूर्व वडाअध्यक्ष नवल किशोर चौधरी,राजनीतिकर्मी भद्रभलादमि,नागरिकसमाज,पत्रकार,यूवा,ब्यबसायी,किशान लगायतका उल्लेख्य सहभागीता रहेको थियो । शुरु गरिएको महायज्ञ नौ दिने रामनाम जप तथा एकदिने अष्टजाम पश्चात समपन्न हुने समितीले जनाएको छ ।






















