
महोत्तरी - महोत्तरीको मनराशिस्वा नगरपालिकाको १३ जना नगर प्रहरी तालिम प्राप्तगरी दक्ष बनेका छन । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हे.क्वा. महोत्तरीमा भदौ २३ गते देखी कार्तिक ४ गते समम् प्रमुख प्रशिक्षकहरु द्वारा तालिम प्राप्त गरी मनराशिस्वाका नगर प्रहरी दक्ष नगर प्रहरी बनेका छन ।
मनराशिस्वा नगरपालिका नगर प्रहरीले आधारभुत तालिमबाट विपद् सम्बन्धि अभ्यास,संचार साधनको अभ्यास,आगलागि तथा दंगा नियन्त्रण, विभिन्न कार्यालय तथा दशगजा सिमा ईलाका बारे जानकारी सहित प्रमुख प्रशिक्षकहरु बाट विभिन्न विधामा अभ्याससंगै कक्षा संचालनमा सहभागी भई तालिम प्राप्त गरेका छन । उक्त तालिममा मनराशिस्वाका १३ जना नगरप्रहरीले ४० दिन चलेको तालिममा सहभागी भएका थिए । तालिम प्राप्त गरेका नगर प्रहरीलाई सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हे.क्वा. महोत्तरीको मटिहानी जलसागर स्तिथ बहुउद्देश्यीय भवनमा दिक्षान्त समारोहको आयोजना गरी प्रमाण पत्र वितरण गरिएको थियो ।

नगर प्रहरी आधारभुत अभ्यासमा सबै विधामा उतकृष्ट भएका मनराशिस्वा नगरपालिका नगर प्रहरी ईन्चार्ज प्रहरी सहायक निरिक्षक सन्तोष सिंहलाई उक्त दिक्षान्त समारोहमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ले सम्मानित गरेका थिए । यस सँगै मनराशिस्वा नगरपालिकामा कुल १८ जना नगरप्रहरी भएका छन। स्थानिय सरकार संचालन ऐन २०७४मा भएको व्यवस्था अनुसार मनराशिस्वा नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरी छनौट प्रक्रियालाई पारदर्शी र नगर प्रहरीलाई दक्ष बनाउनका निम्ति नगर प्रहरीलाई तालिममा सहभागी गराइएको मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले बताएका छन ।

दिक्षान्त समारोहका प्रमुख अतिथि महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ले नगरको सुरक्षाका लागि नगर प्रमुखको भुमिका महत्वपूर्ण हो र यसलाई कसरी व्यवस्थित गर्नसकिन्छ त्यसप्रति गम्भीर हुनुपर्ने उनले बताए । तालिम प्राप्त गरेका नगरप्रहरीलाई मनराशिस्वा नगरपालिका नगरप्रमुख र जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले प्रमाण पत्र वितरण गरेका थिए ।

नगर प्रहरी दिक्षान्त समारोह महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्य तथा मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेय र जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
