
भैरहवा- रुपन्देही प्रहरी ले ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुर वाट भारत देखि नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा ३० पिस आईफोन लगायत विभिन्न सामानहरु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमवार ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुर स्थितमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अवस्थामा विभिन्न सामान हरु बरामद गरेको हो।
बरामद गरिएको सामान हरु मा विभिन्न मोडेल का आईफोन हरु ३० वटा, जुत्ता ७० जोर, चकलेट ८ कार्टून, बुकि पेपर ४ बोरा र ताजा फुल तथा फुलका बिरुवाहरु ७० के.जि रहेको र बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ११ लाख ५१ हजार ८ सय रहेको रुपन्देही प्रहरी ले जनाएको छ।
सम्पुर्ण सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाल ले जनाएका छन् ।