
महोत्तरी- महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शब फेला परेको छ ।पिपरा गाउपालिका ७ दनौली चौरी स्थित स्थानिय अशोक ठाकुरको आँप बगैचामा अनुहार जलाइएको अवस्थामा सोमबार विहान एक महिलाको शब फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार करिब २५/२६ बर्षकि कालो लेगिज र हल्का पहेलो रंगको कुर्ति लगाएकि महिलाको शब आँप बगैचाको आलिमा भेटिएको हो ।मृतकको अनुहार माथी ओढ्ने सल राखेर जलाइएछ ।
सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एस पि नकुल पोखरेलको कमान्डमा टोलि घट्ना स्थल आइ पुगि अनुसन्धान सुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालयका एस पि पोखरेलले मृतकको परिचय खुल्न नसकेको बताउदै प्रहरीले घटना स्थल सुरक्षीत राखी मुचुल्का लगायत प्रहरी कारबाही गरिरहेको बताए ।घटनाको प्रकृति हेर्दा कसैले विभत्स किसिमले हत्या गरे जस्तो देखिएको छ । पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर विभत्स हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका डि एस पि सन्तुलाल प्रसाद जयसवार, प्रहरी निरीक्षक विशाल सिंह र वडा अध्यक्ष मधुबेन्द्र झा समेतको उपस्थितमा प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमको लागि जलेश्वर स्थित प्रादेशिक अस्पताल पठाउने तयारी भएको एसी पोखरेलले बताए ।