
महोत्तरी - औरही नगरपालिकामा शुक्रबार देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।प्रतियोगिताको उद्घाटन औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले गरेका थिए । औरही नगरपालिका ३ श्रीपुरमा रहेको श्री सोन्फी दशै मा.वि.श्रीपुर बिधालयको फिल्डमा खेल सुरु भएको हो। शुक्रवार पहिलो दिनको खेल वडा नम्वर ८ र वडा नम्वर १ औरहीको बिच भएको थियो ।

टस जितेर वडा नम्वर ८ टिम्कियाले ब्याटिङ रोजेका थिए,भने ब्याटिङ टिम्किया टिमले १६ ओभरमा ८७ रन बनाई अलआउट भएका थिए, कप्तान सन्तोष यादवले १६ रनको योगदान गरेका थिए,अरू खेलाडीले दोहरो अंक समेत जोडन पाएनन्। जवाफी ब्याटिंगमा उत्रेका वडा नम्वर १ औरहीले ९ विकेटको छतिमा २० ओभर २ बलमा बिजय लक्ष्य प्राप्त गरेका छन् । पहिलो खेलमा औरही टिमका धर्मेन्द्र यादवले ह्याट्रिक विकेट लिदैँ म्यानफ द म्याच घोषित भए ।

खेल उदघाटन अगाडी नै औरही नगरपालिका वडा नमबर १ औरहीका कप्तान दिपक यादव फिल्डमा अफ्नो टिम सहित फिल्डमा जादा अरु वडाका खेलाडीहरु फिल्डमा ड्रेस लगाएको देखे पछि वडा नम्बर १ का वडा अध्यक्ष युगी चौधरी लाई समक्ष कप्तान यादवले गुनासो गरे हामीलाई ड्रेस छैन । 'ड्रेस उपलब्ध गराईदिनु अध्यक्ष ज्यु' भनेर गुनासो गरे तर जवाफमा वडा अध्यक्ष चौधरीले भने, 'खेलको लागि वडामा बजेट छैन,म अफ्नो व्यक्त्तिगत दिन सक्दिन र कतैबाट उपलब्ध पनि गराउन सक्दिन' । अध्यक्ष चौधरीले जवाफ दिए पछि कप्तान यादवले आफ्ना टिमका खेलाडीहरुलाई बिना ड्रेस मै खेल खेलाउन आयोजक समक्ष आग्रह गरे ।

साथै औरहीका कप्तान यादवले आफ्नो मन्तब्यमा बिना ड्रेस खेल्दै र खेत खोलामा खेलेर सिक्ने प्रयास गर्दै आएकाे भने । उनले पालिकामा एउरा राम्रो खेल मैदानको लागि माग गरे । वडा नम्बर ३ का वडा अध्यक्ष रामकेवल यादवको अध्यक्षतामा अयोजित उद्घाटन खेलमा वडा १ देखि ९ सम्मका वडा अध्यक्ष सहित स्थानिय राजनीतिक दलका प्रतिनिधि , खेलप्रेमी युवा तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।




