सन्तोष सिंह,महोत्तरी - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरीको रामगोपलपुर–२ को उपनिर्वाचनमा वडाध्यक्षका उम्मेदवारलाई मत माग्दै घरदैलो गरिरहेका छन् ।
रामगोपालपुर–२ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद जनिफ खासँगै महामन्त्री शर्मा गाउँ घुम्दै मतदातासँग मत मागिरहेका हुन् ।
‘नेपाली कांग्रेस सबैलाई मिलाएर अगाडि बढ्ने दल हो,’ महामन्त्री शर्माले भने, ‘हिमाल, पहाड, मधेसका युवा र वृद्धलाई एकसाथ लिएर बढ्ने पार्टी भनेकै कांग्रेस हो । निर्वाचनमा जात, समुदाय, धर्म नहेरी कांग्रेसलाई मतदान गर्नुहोस् ।’
उपनिर्वाचनको परिणामले २०८४ को निर्वाचनको आधार बन्ने पनि शर्माले बताए । अहिले भइरहेको उपनिर्वाचनमा कांग्रेस बहुसंख्यक ठाउँमा विजयी हासिल गरेर पहिलो दल बन्ने विश्वास पनि उनले विश्वास व्यक्त गरे ।