
जनकपुरधाम - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनकपुरधाम आउँदै छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. अरविन्द ठाकुरको जनकपुरधाम– २५ स्थित लोहनाको वभनगामामा प्रतिमा अनावरणका लागि उनी आज बिहान १० बजे आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले जानकारी दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा बिहान १० बजेको काठमाण्डौबाट जनकपुरधाम विमानस्थलमा अवतरण गर्नेछन् ।
त्यसपछि सीताशरण होटेलमा खाना तथा आराम गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे अरविन्द ठाकुरको प्रतिमा अनावरण सभापति देउवाले गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति पँजियारले बताए । उनी आज दिउँसो ३ बजेपछि काठमाण्डौ फर्किने छ ।