काठमाण्डौं /कीर्तिपुरको नगर प्रमुखमा नेपाली काँग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदबार डंगोलले ५ हजार ३ सय ३४ अर्थात् ७ सय ७९ मतान्तरले निर्वाचित भएका हुन् ।
डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए ।
नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।
यसअघि २0७९ मा निर्वाचित काँग्रेसका नगर प्रमुख राजकुमार नकर्मीको मिर्गौला सम्बन्धी रोगबाट गत साउन १0 गते निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।
वामपन्थीहरूले भन्दै आएको लालकिल्ला कीर्तिपुरमा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको थियो ।
२0५४ मा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक काँग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए ।
कीर्तिपुरको मेयर तथा उपमेयर सहित ९ वडामा काँग्रेसका उम्मेदबारहरू निर्वाचित भएका थिए ।
अहिले झन् १0वटै वडासहित प्रमुख, उपप्रमुख समेत नेपाली काँग्रेसको एकलौटी बहुमत स्थापित भएको छ ।
उपनिर्वाचनमा कीर्तिपुर-१ र ४ मा आज अपरान्ह काँग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ निर्वाचित भइसकेका हुन् ।


