सुजाता राई
विराटनगर- विराटनगरमा विराट साहित्य संगमको आयोजनमा सुप्रसिद्ध मार्कस् सौन्द्र्यका अध्येता बिचारक र दार्शनिक चेतका धनी गोविन्द प्रसाद लोहनी कृत विभिन्न लेख रचनामा आधारित कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

मधु पोख्रेलको अध्यक्षतामा रामबाबु दाहालले संचालन गरेको कार्यक्रममा प्रा कृष्ण पोखरेल , प्राडा हरिहर भण्डारी , गोपाल निर्भिक , र दिनेश श्रेष्ठले बिषयवस्तु प्रस्तुत गरे ।

कृपा प्रकाशन प्रकाशक रहेको कपिल लोहनी र विमल भौकाजी सम्पादक रहेको अष्ट्रेलिया देखी युरोप सम्म कृति माथीको परिचर्चामा साहित्यकारको बाक्लो उपस्थिति थियो । राजनीतिक रूपले धेरै अर्थ र महत्व बोकेको यो कृति राजनितीज्ञले अध्यन सम्म गरे पनि लोकतंन्त्र समृद्ध हुने धारणा सवैको थियो ।






