महोत्तरी - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा खुसियाली मनाइँदै छ । खेलप्रेमीहरूले जनकपुरमा मोटरसाइकल र्याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका हुन् ।
समूह-समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् ।
युवाहरूले पटाका पड्काउँदै आतिसबाजी समेत गरेका छन् । त्यसैगरी मटिहानी नगरपालिकामा दीप प्रज्वल गरि खुशीयाली मनाएका छन् । लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेको हो ।
मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको थियो ।