काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘हिजो–आज विभिन्न भागमा भूकम्पका साना–ठूला धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला,’ उनले फेसबूकमा लेखेका छन् ।
मंगलबार बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रविन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।
यसको बढी महसुस पूर्वी नेपालमा भएको थियो ।