
महोत्तरी - महोत्तरीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रथम जिल्ला अधिवेशनबाट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ महोत्तरीको अध्यक्षमा विल्टु मण्डल सर्वसम्मत निर्वाचित भएको छ ।

त्यसैगरी उपाध्यक्षमा श्रवण मण्डल र जोगेन्द्र सिंह निर्वाचित हुनुभएको छ । सचिवमा निरज कुमार आले र निशान स्याङ्गतान , ससचिवमा राम चरित्र र हरी राना, कोषाध्यक्षमा प्रिती चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा गणेश मण्डल,राम कृष्ण मण्डल,पतिदेव मण्डल, रामविर मण्डल,नारायण मण्डल र सूर्य बहादुर माझी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र आदिवासी जनजाति एकता’ भन्ने मुख्य नारासहित महोत्तरीको औरही नगरपालकाको बजारमा भएको प्रथम जिल्ला अधिवेशनकोे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीका भातृ एवम् शुभेच्छुक सङ्गठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेस आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य विजय कुमार मण्डलले पार्टीका नेता कार्यकर्ता सबैले पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन सबै तहका भातृ एवम् शुभेच्छुक सङ्गठनलाई चुस्त दुरुस्त राख्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यकमको अधयक्षता आदिवासी जनजाति महासङ्घ मधेश प्रदेशको सभापति ज्वती स्याताङ्गले गर्नुभएको थियो भने कार्यक्रममा नेपाली काँग्रेसमा नेता बजरंग नेपाली, नेता चिरञ्जीवि हमाल उपस्थित भएको थियो ।


