
महाेत्तरी- औरही नगरपालिकाको १५ औं हिउँदे नगर सभा आईतवार देखि सुरु भएको छ ।पालिकाकाे सभा हलमा आयोजित सभाको औरही नगरपालिकाका प्रमुख तथा सभाका अध्यक्ष प्रदिप कुमार खड्कालेले हिउँदे अधिवेशनको उद्घाटन गरेका हुन् ।३ दिनसम्म चल्ने नगर सभाको पहिलो दिन वडाहरुको बजेट संशोधन गरिएको छ।

स्थानिय सरकार संचालन ऐन अन्तर्गत वर्षको २ पटक अनिवार्य रुपमा नगर सभा गर्नुपर्ने भएकाले हिउँदे नगर सभा(हिउँदे नगर सभा ) सुरु गरिएको औरही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीले नगर सभा (हिउँदे अधिबेशन)मा यस अघि पारित भएका बिभिन्न कार्यक्रमहरुको संसोधन तथा बिभिन्न ऐनहरु पारित गरिने बताए ।नगर सभा (हिउँदे अधिबेशन)बाट अर्धवार्षिक समिक्षा तथा नयाँ कार्यक्रम तथा योजनाहरुका विषयमा समेत छलफल हुने बताइएको छ।

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरु,वडा सदस्यहरु कार्यपालिका सदस्यहरु लगायत पालिकाका कर्मचारीहरुकाे उपस्थित रहेको थियो ।

