
महोत्तरी- हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको मनराशिसवा र एकडाँडा गाउँपालिकाको सिमानामा मोटरसाइकलसँग नीलगाई ठोक्किँदा दुई जना घाइते भएका छन् भने दुर्घटना नीलगाई मरेको छ।
घाइते हुनेमा महोत्तरी सोनवा गाउँपालिकाकाका वडा नम्बर ६ का २१ वर्षीय सुधीरकुमार चौधरी र सोही ठाउँका १८ वर्षीय विराज महतो रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई जलेश्वरस्थित प्रादेशिक अस्पतालाम उपचारका लागि लगिएको छ।
बाटो काट्दै गरेको नीलगाई एक्कासि प्रदेश-२-००२-३९२६ नम्बरको मोटरसाइकलसँग ठोक्किन आइपुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

मोटरसाइकमा सवार युवाहरू फुटबल खेलेर फर्किने क्रममा दुर्घटनामा परेका पनि प्रहरीले जनाएको छ।