
धनुषा -बिधालय नआउने बिधार्थीको अभिभाबक भेट्ने अभियान चलाउने प्रतिबध्ता वडा अध्यक्ष राजकुमार साहले ब्यक्त गर्नु भएको छ |
सबैला वडा नम्बर १० खरीहानिका वडा अधयक्ष साहले बिधालय न आउने बिधार्थीको अभिभाबकको नाम लिस्ट तयारी गर्न रा प्रा बि खरिहानीका प्र अ लाई निर्देशन दिनु भएको छ . अभिभाबकहरु सचेत भइ बिधालयमा महिनामा कम से कम दुइ पटक अनुगमन गर्नु पर्छ . अभिभाबकको अनुगमनमा देखिएका कमि कमजोरीको आधारमा आफु अक्सन लिने वडा अधयक्ष साहले बताउनु भयो .
युथ डिस्कोर्स सेरिज अन्तरगत सेफ नेपाल र सबैला युवा संजालको आयोजनामा सिमान्तकृत समुदायको शिक्षाको अबस्था र सुधारका प्रयास बिषयमा पाइनल डिस्कसन वक्ताहरुले सामुदायिक शिक्षा सुधारका लागि सकारात्मक पहल गर्ने बताएका छन् .
रा प्रा बि खरिहानीमा मुश्लिम ८० प्रतिशत २० प्रतिशत दलित समुदायको बालबालिका हरु अध्ययन गरि रहेको निमित प्र अ ब्रजकिशोर पजियारले बताउनुभयो . सिमान्तकृत समुदायको बचचा ल्याउन अभियान चलाउने गरेको समेत बताउनु भएको छ।

बिधालय ब्यबस्थापन समितिको अधयक्ष बिजय साहले भन्नु भयो - यस बिधालयको अबस्था धेरै नै खराब रहेको थियो, बिधालय को ब्यबस्थापन समिति को अधयक्ष भए देखि बिधालयमा वाल बाउनडिंग. डेक्स बेन्च, बृक्षारोपन र छाना समेत हालेको बताउनुभयो .
नगर शिक्षा समितिको सदस्य मनोज यादवले भन्नु भयो- जसरी बोडिंग इस्कुलमा बच्चा जसरी पठाउने गरेको छ तेसरी नै सामुदायिक बिधालयमा पनि अभिभाबक हरुले आफ्नो बच्चालाई केस फेस र ड्रेस ध्यान दिनु पर्ने बताउनु भयो . सिमान्तकृत समुदायको बाल बालिका को लागि नीति तथा कार्यक्रम ल्याउने प्रतिबध्ता ब्यक्त गर्नु भयो .
शिक्षा अधिकृत युबराज काफ्लेले भन्नु भयो – सिमान्तकृत समुदायको बाल बालिका को लागि राम्रो योजना तथा कार्यक्रम ल्याउने प्रतिबध्ता ब्यक्त गर्नु भयो .
दलित महिला वडा सदस्य पुनम महराले भनिन – बोडिंग इस्कुल भन्दा सरकारी इस्कुलमा राम्रो शिक्षक हुन्छ तेसैले सबै जनाले आफ्नो बच्चा सरकारी बिधालय पठाऊ .
समुदायबाट शिक्षक दरबनदी थप गर्नु पर्ने, अभिभाबक भेला समय समय हुनु पर्ने, बिधालय चौकीदार राख्नु पर्ने, समयमा छात्र ब्रिति बितरण गर्ने पर्ने र भर्ना अभियान चलाउनु पर्ने माग गरेका थिए .
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो | सबैला युवा संजालका सदस्यहरु सर्वजीत यादव, बिबेक कापर, नथुनी मुखिया, .अमृता राय, अमृत कुमारी राउत, लगायतको उपस्थिति रहेको थियो |