
काठमाडौँ - मलेसियामा जारी यू-१९ महिला विश्वकप टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियाविरुद्ध मध्यम सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पावर प्लेको खेल सकिँदा ३ विकेट गुमाएर ३३ रन जोड्यो ।
नेपालकी कप्तान पूजा महतोले एक्लैले ३ विकेट लिएकी छन् । ३ ओभर बलिङ गरेकी पूजाले १७ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन् । यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले १० ओभरको क्षतीमा ६१ रन बनाएको छ ।