
महोत्तरी -औरही नगरपालिकाको चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको छ। औरही नगरपालिकाको वडा नम्बर ६ बैरिया स्थित श्री माध्यमिक बिधायल बैरियाको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण,औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का,महोत्तरी जिल्ला प्रमुख जिल्ला अधिकारि लालबाबु कवारीले पानसमा बत्ती बालि प्रतियोगिता उद्घाटन गर्नुभएको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सत्रपछि मार्चपासमा नगर भित्रका सामुदायिक बिधालय र निजि बिधालय गरि मार्चपासमा १० ओटा बिधालय सहभागी भएको औरही नगरपालिकाका खेल प्रशिक्षक ज्ञानेन्द्र यादवले बताउनुभयाे।

यता प्रतियोगितामा भने नगर भित्र रहेका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि माबि(बोर्डिंग)बिधालय गरी जम्मा ६ वटा बिधालयलको सहभागीता रहेको औरही नगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख धन बहादुर राईले बताउनु भयाे ।"स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद"भन्ने मुख्य नाराका साथ चौथो राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न लागिएको औरही नगरपालिका नगर प्रमुख खड्काले बताउनु भयो। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खड्काले यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनिहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने बताउनुभयो ।

विद्यालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल,हाईजम्प,त्रिपलजम्म,लंगजम्म,सटपुट छेलो,दौड,ज्याभलिङ्ग थ्रो,कपर्दी,रिले रेस जस्ता प्रतियोगिता रहने छ। चौथो राष्ट्रपति रनिङ शिल्डको आयोजना औरही नगरपालिकाले गरेको हो। जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण यस प्रतियोगिताले हरेक ब्यक्तीमा केहि न केहि प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडी बढे विश्वमा ठुलो मान्यता हुने बताउनुभयो । खेल भनेको हारजित भन्दापनि निरन्तर अभ्यास गर्दै जाने कुरा भएको भन्दै खेलकै माध्यमबाट ब्यक्ती बिधालय समाज हुदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कर्णले भने , 'खेलमा लागेका ब्यक्ती गलत हुन नसक्ने भन्दै उनिहरु लागु औषध दुर्व्यसनमा पनि नफस्ने दाबी गर्नुभयो । यदि ब्यक्तीले खेल तर्फ रुचि नदिए उसको जीवननै अपुरो हुने उहाको तर्क छ । उहाले आफ्नो रुचि अनुसारको खेलमा निरन्तर अभ्यास गर्नपनि सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारिले भने यस्ता प्रतियोगिताले खेलाडीको अन्तरनिहित क्षमता प्रष्फुटन हुने विश्वास ब्यक्त गर्नुभयो ।

बिधालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल,हाईजम्प,त्रिपलजम्म,लंगजम्म,सटपुट थ्रो, दौड,ज्याभलिङ्ग थ्रो,कपर्दी,रिले रेस जस्ता प्रतियोगिता रहेको औरही नगरपालिका शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख राईले जानकारी दिनुभयाे। कार्यक्रमका अध्यक्षता नगर प्रमुख प्रदिप कुमार खड्का,प्रमुख आतिथ्य जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण ,प्रमुख जिल्ला अधिकारि लालबाबु कवारी विशिष्ट अतिथि ,विशिष्ट अतिथि नगर उपप्रमुख रेणु झा,राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरी,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु,वड़ा सदस्यहरू,श्री माध्यमिक(०-१०)मावि बिधालयका प्राध्यापक सत्रुधन यादवले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगिता माघ १० गते देखि १२ गते सम्म संचालन हुने भएको छ । आज पहिलो दिन नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबिच दौड प्रतियोगिता सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा श्री माध्यमिक(०-१०)मावि बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष,औरही नगरपालिकाका बिभिन्न पार्टीका पार्टी प्रतिनिधि,सहभागी भएका सहित बिभिन्न बिधालयका प्रधानाध्यापक, अभिभावक, बिधार्थीहरु लगायत तथा प्रतिनिधि ,खेलकुद निर्णायक रबि यादवको उपस्थिति रहेको थियो । प्रमुख अथिति,बिशिस्ट अतिथिहरु सटपुट थ्रो फालेर खेल उद्घाटन गर्नु भएको थियो ।
खेल उद्घाटन पूर्व विभिन्न विद्यालयले मार्चपास गरेका थिए ।























