
महोत्तरी- महोत्तरीमा तातो दुधले नुहाउँदै मुसहर समुदायले भूँईया पूजा मनाएको छ । महोत्तरीको मटिहानी नगरपालिका वड़ा नम्बर ४ मझौरा स्थित मुसहर समुदायको कुल देवता भुइँया बाबाको पूजा गरिएको हो ।
हरेक ५ वर्षमा हुने विधिवत पूजा शुक्रबार मुसहर समुदायले पाराम्पारिक हिन्दु शास्त्र अनुसार मनाएको हो । यसपाली भुइँया बाबाको प्रतिकको रुपमा अन्दाजी ६ वर्षका रोहन र रबी दुई बालक रहेको थियो । उनीहरु उम्लिएको दुधले नुहाएको थियो । तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर समुदायमा उम्लिरहेको दुधमा नुहाउने संस्कृति चलिरहेको छ ।
मुसहर समुदायको कुलदेवता दिनाभद्रीकै अर्को नाम ‘भुईया’ महाराज रहेको छ । मुसहर समुदायका बालकहरु उम्लिरहेको दुधमा नुहाउनु विज्ञानभन्दा पनि धर्म सँस्कृतिप्रतिको विश्वास रहेको बताउँछन् । पूर्वजहरुले परापूर्वकालदेखि गर्दै आएको यस्ता परम्परामा सनातनी शक्तिको प्रतिक मानिन्छन् ।
यद्यपी, यसलाई विज्ञान भन्दै झूठा र मिथ्या बताउनेहरुको कमि छैनन् ।
फोटो फिचर














