
महोत्तरी - नेपाल सरकार आज मटिभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी मटिहानी स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा पूजा अर्चनाको साथै लक्ष्मी सागरमा धार्मिक विधिवत आरती गर्नुभयो । उहाँ मटिहानी आइपुग्नु हुँदा मटिहानी नगरपालिकाका नगर प्रमुख हरी प्रसाद मण्डलले उहाँलाई स्वागत एवं सम्मान गर्नुभयो ।
त्यसैगरी माननीय मन्त्रीलाई नगर प्रमुखले मटिहानी बजार र मठको जग्गाबाट उठने कर सम्बन्धी समस्या बारे जानकारी गराउनु भयो । माननीय मन्त्रीले मटिहानी बजार लगायत गुठीसम्बन्धी समस्याको बारे बुझ्न समिति गठन गरी समाधान गरिने कुरा बताउनुभयो ।
त्यसै गरी माननीय मंत्रीको भ्रमण अवलोकन कार्यक्रममा गुठी संस्थानका प्रशासक शैलेश राज कुँवर, सहायक प्रशासक बैकुण्ठ रेग्मी, संचालक सदस्य दिपक राज पाठक लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
त्यसै क्रममा लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी रविन्द्र दास वैष्णवले पनि माननीय मन्त्रीलाई स्वागत एवं सम्मान गर्नुभयो।





