महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ स्थित विर्तामा नवनिर्मित सामुदायिक भवनको आज शुक्रबार उद्घाटन सम्पन्न भएको छ।
पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री तथा प्रदेश सांसद सरोज कुमार सिंह कुशवाहाले संयुक्त रूपमा उक्त सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो।



सामाजिक विकास इकाई जनकपुरको कोषबाट २० लाख रुपैयाँको लागतमा सो सामुदायिक भवन निर्माण सम्पन्न भएको छ। यस सामुदायिक भवनमा स्थानीय बासिन्दाहरु,तीर्थयात्री तथा विभिन्न सामाजिक कार्यहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नागरिक समाजका अगुवा,स्थानीय नेता, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




