
वीरगञ्ज - पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएका छन् । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरु आज मध्यान्हदेखि अचानक बोहस भएका
कालिकामाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहले जानकारी दिए । विद्यालयका छात्राहरु झण्डै ३०÷४० जना जति बेहोस भएको स्वास्थ्य प्रमुख साहले बताए । विद्यार्थीहरु बेहोस भएर लड्न थालेपछि पालिकाले एम्बुलेन्स बोलाएर पोखिरया अस्पताल र वीरगन्जका अस्पतालहरुमा पठाएको उनले बताए ।
उनका अनुसार विद्यालयमा विद्यार्थी बोहोस हुनेहरु धेरै छात्रा रहेका छन् । दुईजना मात्रै छात्र बेहोस भएका छन् । बेहोस भएका विद्यार्थीहरुलाई ८ वटा एम्बुलेन्सले उद्दार गरेर पोखरिया र वीरगन्जका अस्पतालहरुमा पठाईएको उनले बताए ।
विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द गरिएको छ । अहिले पालिकाका स्वास्थ्य शाखा प्रमुख सहितको टोली विद्यालयमा रहेका छन् ।