
जनकपुरधाम - स्थान मैथिली विकास कोषको सभाहल, समय आजै दिनको २ बजेर २० मिनेट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको पाँच दिवसीय प्रदेश स्तरीय ललितकला प्रदर्शनीको समुदघाटन समारोह । प्रमुख अतिथिनै रहेका मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले भने, ‘म प्रदेशकै सबै भन्दा ठुलो दलको संसदिय दलको नेता पनि हुँ, मुख्यमन्त्रीलाई भनेको छु अव यस्तै हो भने म छोडछु र होहल्ला फसाद गर्न सक्नेलाई नै मेरो ठाँउमा मन्त्रीमा ल्याउँछु ।’प्रसंग मधेश सरकार सञ्चालन र कार्यसम्पादनको रहेछ ।
उनको भावले प्रदेश सरकार ठिक संग चलिनरहेकोमा उनी दुःखी देखिन्थे । उनको दुःखेसो अर्थमन्त्रालय र मन्त्री उपर थियो । उनले भने, कोषको वाँकी बजेट निकासाका लागि जिवनाथ चौधरी जी र पुर्वमन्त्री रामसरोज यादव जी आउनुभयो, मैले वहाँहरुको फाइल तत्कालै पठाएर अर्थमन्त्रीलाई बजेटका लागि भने तर वहाँले पैसा नरहेकाले नसकिने जवाफ दिएको मञ्चमा उदाहरण सुनाए ।’उनको कुरा सुन्दा सरकारका मुख्य तिन दल एमाले र कांग्रेसको आ आफनै तानातान छ भने जनमतका मुख्यमन्त्रीको आफनै ताल सुरु भएपछि सरकार सञ्चालनमा सामुहिकता र सहकार्यता हराएको छ ।
आफु पटक पटक दलहरु र तिनका मन्त्रीहरुलाई नियन्त्रण गर्न र सम्हाल्न मुख्यमन्त्रीलाई आग्रह गरेको भएपनि हुन नसकेको उनको गुनासो छ । म सबै भन्दा ठुलो दलको नेता हुँ तर मुख्यमन्त्रीमा आज सम्म दावी गरेको छैन उनले भने, ‘संघियता बचाउन र मधेशको हितका लागि सबै मिल्न आवश्यक छ, दलहरुमा एक रुपता छैन ।’पत्रकारहरुले मेरो मन्त्रालयमा पनि बिज्ञापन र अव त योजनानै माग्न थाल्यो ।’ सार्वजानिक रुपमा भाषणमै बोलेको उनका अनुसार पत्रकारले विज्ञापन र किटेर नै योजनाको मांग गर्दै नदिए समाचार लेखिदिने धम्की पनि दिने गरेका छन् ।
उनले अव आफु आजित भइसकेको र केहि दिन यस्तै प्रदेश सरकार चल्ने हो भने आफु डिप्रेशनमा जाने भय रहेको सम्म बताए । उनले यस्तै हो भने संघियतानै धरापमा पर्ने खतरा पनि औंल्याए ।