
ममता बिश्वकर्मा,महोत्तरी -११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ महोत्तरीमा कृयाशिल विभिन्न संघ संथाको समन्वयमा अंतरकृया कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

जलेश्वर नगरपालिका , जिल्ला प्रशासन कार्यालय महोत्तरी , जिल्ला प्रहरि कार्यालय महोत्तरी,इन्सेक,महिला सचेतना केन्द्र ,महिला मानवअधिकार रक्षक सन्जाल ,महिला सचेतना समुह ,नेपाल अपांग संघ महोत्तरी ,ओरेक को सन्युक आयोजनामा संचालित सो कार्यक्रमको श्रमिक महिला कुमारी पासवानको अध्यक्षता थियो भने प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपाने रहेका थिए ।

त्यसरी नै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा डिएसपी सन्तुलाल प्रसाद जयसवाल,पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेस दास रहेका थिए ।कार्याक्रममा बोल्दै डिएसपी जयस्वालले महिलाको घटनामा धेरै जसो अशिक्षित महिलाहरु सिकार हुने गरेको तथ्यांक बताउदै महिलाको लागि शिक्षा नै अपरिहार्य हथियार भएको बताए । यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी न्योपानेले घरै बाट संस्कार बनाउनु पर्ने र महिला दिवस एक दिनमा मात्र सिमित नगरि सधै यस कुरामा मनन गर्नु पर्ने बताए ।

पत्रकार महा संघका अध्यक्ष महेश दासले अब ०८४ को चुनावमा वडा देखि पालिका तथा संघ सम्मने महिला उम्मेदवार तयार गरि महिलाको नेतृत्व अघि बढाउने खालको वातावरणमा बनाउन सके महिला सशक्तीकरणको लागि अर्थपूर्ण महिला सहभागिता रहनु पर्ने बताए ।कार्यक्रममा बिभिन्न निकायका पतिनिधि,संघ सन्थाका प्रतिनिधि तथा श्रमिक महिला , लैगिक तथा अल्पसंख्यक सामुदाय र पत्रकारको बाक्लो उपस्तिथि रहेको थियो ।








