
महोत्तरी - महोत्तरीको मटिहानीस्थित नेपाल-भारत दशगजा क्षेत्रबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

मटिहानी बोर्डर आउटपोस्ट (बीओपी) बाट खटिएको प्रहरीले जाँचका क्रममा मटिहानी–७ का शिवशंकर मण्डललाई ४ लाख ९९ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द भट्टले बताए ।
बरामद रकमसहित मण्डललाई थप अनुसन्धानका लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको भट्टले बताए ।