
निजी, मापदण्डविपरीत र दर्ताविनै सञ्चालित अस्पतालविरुद्ध एक्समा उत्रिएका मधेश प्रदेशका मुख्यमन्त्रीले सर्लाहीको लालबन्दी नगरपालिकाका १९ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।
हिजो मुख्यमन्त्री सतीशकुमार सिंहले लालबन्दी र नवलपुरमा रहेका अवैध १९ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका हुन् ।
निजी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुगमन गर्न हिजो लालबन्दी आइपुगेका उनले त्यस्ता स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा दुई वटा स्वास्थ्य संस्थाको कागजात दुरुस्त रहेको पाइएको र बाँकी दुई वटाको नवीकरण फेल भएकाले तत्काल नवीकरण गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंहले केही साताअघि सर्लाही सदरमुकाम मलङ्गवामा अनुगमन गरी बन्द गर्न निर्देशन दिएको अवैध निजी अस्पताल अहिले पुनः खुलेयाम सञ्चालन भइरहेको व्यापक जनगुनासो आइरहेको छ ।