
बर्दिवास - स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको हजार दिन पुगेको अवसरमा बर्दीबास नगरपालिकाले सोमवार नगर क्षेत्रमा आयोजना गरेको ‘दिव्य एक हजार दिन’ कार्यक्रममा हजार दिन भित्रको उपलब्धीहरु सार्वजनिक गरेको छ।
मुलुकमै पहिलोपटक आयोजना गरिएको बर्दीबास नगरपालिकाको ‘दिव्य हजार दिन’ कार्यक्रममा हजार दिनको अवधिमा नगरपालिकाले कृषि, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सुशासन लगायतका क्षेत्रमा गरेका उपलब्धिलाई सार्वजनिक गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रहलादकुमार क्षेत्रीले यस पालिकाले गरेको यस छोटो अवधि बीचको उपलब्धीलाई मुलुकका ७५३ वटै स्थानीय तहसँग तुलनात्मक समीक्षा साथ मूल्याङ्ककन गरिदिन सबैमा अनुरोध गरे ।
उनले भने , ‘विकासका समग्र सूचकाङ्कलाई दिगो विकाससँग जोड्दै बर्दीबासलाई उत्कृष्ट नगरको पहिचान दिन हामीले विकास निर्माण र सुशासनको निरन्तरतालाई जारी राखेका छौं ।’