
काठमाडौं । तीनकुनेमा राजावादीहरु अराजक बन्दै गएका छन् । व्यक्तिका घरमा तोडफोड गरेपछि आगोसमेत लगाएका छन् ।
प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका थिए । केही समयपछि उग्र भएका आन्दोलनकारीले आगोसमेत लगाएका हुन् ।
तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।
यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।
