
महोत्तरी - चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठको मुख्य दिन आज साँझ व्रतालुहरुले नदि,पोखरी,तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई मूल विधि साझुका अर्घ दिईएको हो।औरही नगरपालिका वडा १ औरहीबाट बग्ने जङ्गहा खोलामा कार्तिक महिनाको छठ पर्व र चैती छठ पर्व गर्नेहरुले जङ्गहा खोलामा हरेक वर्ष जेसिबीले खनेर दुई पटक पानी निकाली छठ पर्व मनाउने गरेका छन्।


तर यस वर्ष सो जङ्गहा खोलामा जेसिबीले ६ फिट खन्दा पानी आएन अहिले जङ्गहा खोला पूर्ण रुपमा सुकिसकेका कारण यस वर्ष छठ पर्व गर्ने ब्रतालुहरु सोहि वडामा पर्ने महादेब पोखरी भन्नेर चिन्ने पोखरीमा औरही नगरपालिका वडा १ का स्थानीयहरु सो पोखरीमा करिब १५० घर परिवार एकै ठाउमा छठ पर्व मनाएका छन्।त्यस्तै औरही नगरपालिका ७ सोनामाई भोएल स्थित रहेको शक्ति पिठ मन्दिर सोनामाई मन्दिर अगाडी भएको पोखरीमा करिब ८० घर परिवार चैती छठ पर्व मनाउदै आएकाको छ ।


चैती छठको अबलोकन गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको छ ।गत मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, भोलि (शुक्रबार) बिहान व्रतालुहरुले फेरी छठघाटमा पुगेर उदाउँदो सुर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रुपमा समापन हुन्छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।चैती छठ पर्वका लागि महोत्तरीको विभिन्न नदि, पोखरी तथा जलासय सरसफाई गरिएको छ । तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ ।















