
महोत्तरी - जनता समाजवादी पार्टी(जसपा) नेपाल महोत्तरी जिल्लाको अध्यक्षमा रामनरेश राय निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी रामप्रकाश यादवलाई ८५ मतअन्तरले पराजित गर्दै राय विजयी भएका हुन् । रायले १९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रामप्रकाश यादवले ११० मत प्राप्त गरे ।

शुक्रबार अबेर राति सार्वजनिक मतपरिणाम अनुसार जसपा नेपाल महोतरीको उपाध्यक्षमा रामेश्वरराय यादव र शिवचन्द्र साह निर्वाचित भएका छन् ।
सचिवमा महेशकुमार यादव, उपसचिवमा प्रकाश साह र खुसी पटेल विजयी भएका छन् । त्यसैगरि, कोषाध्यक्षमा सखीचन्द्र यादव विजयी भएका छन् । जसपा नेपाल महोतरीमा ३ सय ३३ मतदातामध्ये ३०९ जनाले मतदान गरेका थिए ।