
जनकपुरधाम । मुखियापट्टी मुसरहनीया गाँउपालिकाले आन्दोलनको नाउमा तीन साता देखी सम्पर्क विहीन रहेको शिक्षकहरुलाई तीन दिन भित्र ठोस कारण सहित आफु कार्यरत विद्यालय वा शिक्षा शाखामा सम्पर्क आउन अपील गरेको छ ।
पालिका अध्यक्ष जयकुमार यादवले शुक्रवार सूचना प्रकाशित पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, राहत र वालविकास शिक्षकहरु विना कुनै जानकारी विगत तीन साता देखी सम्पर्क विहीन रहेको हुनाले विद्यालयमा नआउनुको कारण सहित लिखित जवाव मांग गरेका छन ।
शिक्षकहरुको जायज मांग प्रति पालिकाको समर्थन रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरुले आन्दोनलमा सहभागी भएको ठोस प्रमाण सहित लिखित जानकारी गराउन र आन्दोलनको नाउमा घरमै बसि विद्यालयमा नआउने शिक्षकहरुलाई अविलम्ब विद्यालयमा उपस्थित भई नियमित पठन पाठनमा सहभागि हुन सूचनामा भनिएको छ।
विद्यार्थी भर्ना अभियान संचालन गर्नु पर्ने बेलामा विद्यार्थीहरु भर्ना हुन नसकी निजी विद्यालयमा भर्ना हुन जाने बाध्यात्मक स्थिती सृजना हुने देखिएको भए तापनि शिक्षकहरुले आफना मांग सम्बोधन नभए सम्म विद्यालय नफर्किने शिक्षकहरुको अभिव्यक्ति प्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै अध्यक्ष यादवले तोकिएको समय सिमाभित्र जानकारी नगराउने शिक्षकहरुमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाइने समेत जनाएका छन ।