
महोत्तरी - महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मनरा सिसवा नगरपालिका १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी घर भई मावली आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको मृत्यु भएको हो ।
सोमबार साँझ मनरासिश्वामा रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन गएका बेला दुवैको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रातिसम्म पनि दुवै बालक घर नफर्किएपछि खोजतलास गर्दै जाँदा पोखरीको मुहारमा दुवै जनाको कपडा र चप्पल राखिएको तथा दुवैको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेका थिए ।
मंगलबार बालकको शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको जनाएको छ ।