
महोत्तरी - कारमा लुकाएर ल्याउँदै गरेको एक क्विन्टलभन्दा बढी गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बर्दिबास जलेश्वर सडकस्थित रामगोपालपुर चोकमा जाँचका क्रममा कारबाट ७ पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बागमती बीएसी ८७३९ नम्बरको कारलाई रोकी जाँच गर्दा कारभित्र पछाडिको डिकीबाट १०७.९ किलोग्राम गाँजा बरामद भएको भट्टले बताए ।
सो क्रममा दोलखा बैदेश्वरी गाउँपालिका–६ का २६ वर्षीय दीपक दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।