
जनकपुरधाम। भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन्। उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता पनि छन्। भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ।
उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुरसहित १७ जनाविरुद्ध सजाय माग दाबी गरिएको छ ।
डि.एण्ड एन. बिल्डर्सप्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका ठाकुरले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । उनीविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिजानाको जरिवानाको माग गरिएको छ ।
उनीसहित गाउँपालिका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा नम्बर १ का अध्यक्ष आशेश्वर यादव, वडा २ का अध्यक्ष अमितकुमार यादव, वडा ३ का अध्यक्ष गंगाप्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का परमेश्चरकुमार साह, वडा ६ का अध्यक्ष दिलीकुमार साह, पालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सवइन्जिनियर विनितकुमार साह, खरिदार मोहनकुमार मण्डल र मनोजकुमार यादव, लुम्बिनी/डि एन्ड एन जेभीका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध जनही ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।
You sent