
जनकपुर - रौतहटमा ट्याक्टर दुर्घटना हुँदा च्यापिएर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा चालक वृन्दावन नगरपालिका- ७ का इक्रुल मंसुरीका २४ वर्षीय छोरा नजामोदिन मंसुरी रहेका छन् ।
शनिबार दिउँसो २:२० बजेतिर रौतहट वृन्दावन नगरपालिका- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त २०६८ नं.को गिट्टी लोड भएको ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठेर स्टेरिङमा उनी च्यापिएका थिए ।
च गम्भीर घाइते अवस्थामा उपचारको लागि चपुर अस्पतालमा लग्दम चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।