
सुजाता राई
विराटनगर । खोटाड. सामाजिक सेवा मञ्चद्वारा आयोजित मासिक रचनावाचन कार्यक्रम सोही भवनमा सम्पन्न भयो।
कृष्णप्रसाद भण्डारी 'मार्सेली'को अध्यक्षतामा वरिष्ठ साहित्यकार मधु पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रा. डा. मेदिनी शर्मा र माया पौडेलले शुभकामना मन्तव्य दिँदै खोटाड. सामाजिक सेवा मञ्चद्वारा सञ्चालित मासिक साहित्यिक कार्यक्रमहरू सराहनीय रहेको उल्लेख गरे।
उक्त अवसरमा तीन दर्जनभन्दा बढी साहित्यकारहरूले आ-आफ्ना रचनाहरू वाचन सुनाए, साथै, प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित २०७९ सालको कविता महोत्सवमा पुरस्कार प्राप्त कवि किरण सिवाले विशेष रचनावाचन गरेका थिए।
कार्यक्रम सञ्चालन लक्ष्मी पोखरेलले गरेकी थिइन्।