
रौतहटमा सेफ्टी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जग्दीश साहकी छोरी १ वर्षीया खुश्बु साह छन् ।
खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको ट्यांकीमा डुबेर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि सरकारी अस्पताल चपुरमा लग्दा ८ : १५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।