
३२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर अभिभावकत्व ग्रहण गरेको पदम-समसेर स्मृति प्रतिष्ठानले यसको दायरालाई थप फराकिलो वनाएको छ ।
बिष्णु खडका अध्यक्ष रहेको प्रतिष्ठानका माध्यमवाट यो शैक्षिकसत्र देखि १७ वटा ११/१२ संचालन हुने विद्यालयमा पनि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
यसअघि प्रावधिक अध्यण गर्ने चाहने छात्र-छात्राहरुलाई प्रथामिकता दिइरहेको प्रतिष्ठानले ११/१२ र क्याम्पस पढने विद्यार्थीहरुको लागि छात्रवृत्तिको सिट ३४ वनाउने भएको छ ।
नगर क्षेत्रभित्र पैसाको अभावमा पढन नपाईरहेका छात्र- छात्रहरुको खोजी गरि प्रतिष्ठानले २०७७ सालदेखी नै छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
प्रावधिक पढन चाहनेहरुको आकर्षण घटेसगैँ सामान्यतर्फ पढ्ने विद्यार्थीहरु तर्फ प्रतिष्ठानले ध्यान दिएको प्रतिष्ठानका सचिव कुमार घिमिरेले वताए ।
खडकाले २४ घण्टाभित्र दिवंगत भएका आमा-वुवाको नामवाट पदम -सम्सेर स्मृति प्रतिष्ठान २०७७ देखि नै स्थापना गरेका थिए ।
यसअघि ३२ जना छात्र-छात्राको लागि खडकाले ५० लाख भन्दा बढी लगानी गरेका छन । यसम्ध्ये कतिपय अध्यणरत नै छन कतिपय अध्यण सकेर रोजगारीमा छन ।
३२ जना मध्ये २१ जनाले प्रावधिक शिक्षा पूरा गरिसकेको प्रतिष्ठानका अध्यक्ष खडकाले जानकारी दिए । एकजनाले प्रावधिक संकाय अध्यण गर्न २ देखि ३ लाख खर्च हुने गर्दछ । यसरी हिसाब गर्दा अहिले खडकाको प्रतिष्ठानमा मात्र बार्षिक २२ लाख भन्दा बढी खर्च हुँदै आएको छ ।
एसईईको नतिजा सार्वजनिक भएसगैँ प्रतिष्ठानले विद्यार्थीहरुको लागि छात्रवृत्ति आव्हान समेत गरिसकेको छ ।
३४ जना वाहेक छात्रवृत्ति प्राप्तिको लागि उत्कृष्ट नतिजा ल्याउने दुई जना जेहेन्दार विद्यार्थीलाई पनि थप छात्रवृत्ति प्रदान गरिने अध्यक्ष खडकाले जानकारी दिए ।