जनकपुरधाम – मधेश प्रदेश सभा सदस्य समाजवादी नेता राम अशिष यादवले प्राचीन देवभूमि धनुषाधाम जंगल को स्थलगत निरीक्षण गरेका छन्। सो अवसरमा प्रदेश सभा सदस्य रामअशिष यादव, बरिष्ठ चिकित्सक डा एस के सिंह,डा निरन्जन गोइत, वनस्पति वैज्ञानिक बाहिर हुसेन र वन अधिकृत शंकर नारायण झा सहितले धार्मिक उधानमा देव वृक्षा बरको विरुवा रोपन गरेका छन्।

निरिक्षण को क्रममा अन्तर्राष्ट्रिय प्रसिद्ध फोटोग्राफर वरिष्ठ चिकित्सक एस के सिंहले चराचुरुङ्गीहरुको तस्बिर खिचेका छन्। समृद्धि र अतितको अदभूत प्रतिक रामयणकालिन प्राचीन देवभूमि धनुषाधामको प्राकृतिक,धार्मिक र सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न राज्यले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको कुरा बरिष्ठ पर्यटन व्यवसायी तथा होटल संघ नेपाल मधेश प्रदेश का संस्थापक अध्यक्ष विजयकुमार झुनझुनबालाले जानकारी दिए छन्।




मधेस प्रदेशको राजधानी जनकपुरधामबाट २० कि मि दुरि पुर्व र उत्तर दिशामा अवस्थित पौराणिक,सांस्कृतिक तथा ऐतिहासिक प्राचीन देवभूमि धनुषाधामको दिव्य आर्कषणको रुपमा रहेको अदभूत धनष मन्दिर ,धनुष कुण्ड, जैविक विविधताले परिपूर्ण ३ सय ६० हेक्टर क्षेत्रफलमा रहेको धनुषाधाम जंगल,ऐतिहासिक वाण गंगा नदि ,धनुष ताल,धनुष वाटिका, धार्मिक वनस्पति उधान पर्यटकहरुका लागि विशेष आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक रुपमा अत्यन्तै समृद्धि मधेश प्रदेशको नागमणीको रुपमा प्रख्यात धनुषाधाम जंगलमा करिब २ सय ८६ प्रजाति का चडाचुरुंगीहरुको वास स्थान रहेको कुरा मिथिला वाईल्ड लाईफ ट्रष्ठका अध्यक्ष देवनारायण मंडलले जानकारी दिएका छन।

अति दुर्लभ ग्रेहर्नविल चडाले धनुषाधाम जंगलमा प्रजज्न गर्ने गरेका कुरा प्रकृति प्रेमी चिकित्सक डा एस के सिंह ले जानकारी दिए का छन्। जंगल भित्र दर्जनौं प्रजाति स्तनधारी वन्यजन्तु र किंगकोबरा जस्तो सर्पहरुको सुरक्षित बास स्थान पनि रहेको कुरा वन्यजन्तु संरक्षण अभियन्ता देवनारायण मंडलले जानकारी दिएका छन। धनुषाधाम जंगलमा वन्यजन्तुको साथै करिब २७० प्रजातिको बोट बिरुवा वनस्पति तथा जडिबुटि पनि रहेको जानकारी वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेनले बताएका छन। धनुषाधाम जंगलमा पर्यापर्यटन विकासका लागि “धनुषाधाममा जैविक प्राणी उधान” स्थापना का लागि संघीय सरकारले तत्काल पहल गरेमा धनुषाधाम नगरपालिकाको विकासका साथै मधेश प्रदेश पर्यटन विकासमा थप सहयोग पुग्ने निश्चित रहेको छ।

धनुषाधाम जंगलमा वनस्पति प्रसोधन केन्द्र ,जलिय वनस्पति उधान र वनस्पति प्रयोगशाला निर्माणका लागि पनि राज्यले योजना बद्ध तरिकाबाट अघि बढे मधेश प्रदेशको आर्थिक समृद्धिमा बल पुग्ने छ। मिथिला वाईल्ड लाईफ ट्रष्ठ, जिल्ला वन कार्यलय धनषा,वन रेन्ज पोष्ट धनुषाधाम र स्थानीयबासिन्दाहरुको सार्थक सहयोगबाट वि.स. २०७० सालमा धनुषाधाम संरक्षित वन परिषद गठन गरि उजाड रहेको धनुषाधाम जंगलको संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिएको सार्थक कार्य को सर्वत्र प्रशंसा भैरहेको छ।

त्रेतायुगमा आदि शक्ति जगदम्बा सिताको वैवाहिक संस्कार क्रममा जनकपुरधामको रंगभूमि मैदानमा आयोजना गरिएको दिव्य धनुष यज्ञमा सहभागि मर्यादा पुरुषोत्तम भगवान श्रीरामले शिबजीको पिनाक धनुषमाथि प्रत्यन्चा चढाउंदा धनुष ३ टुक्रा भैैई एक टुक्रा आकाशमा , अर्को टुक्रा जनकपुरधामको धनुष सागर (पतालमा) र बिचको भाग धनुषाधाममा खसेको थियो ।धनुषको बिच भागको टुक्रा खसेको स्थानमा हाल धनुष मन्दिर निर्माण गरिएको छ। आन्तरिक र बाहिरी पर्यटकहरुको लागि विशेष आकर्षणको केन्द्र रहेको मधेश प्रदेशको गौरव पौराणिक ,धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका प्राचीन देवभूमि धनुषाधामको विकासका लागि हाम्रो सामुहिक संकल्पका साथै राज्यले योजना बनाएर तत्काल नीतिगत र पुर्वाधार विकासकाका कार्यहरु अघि बढाउनुपर्ने आवश्यक रहेको देखिन्छ।










