सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुई जना महिल लाई दुई जना पुरुषहरु मिलेर निर्घात कुटपिट गरि घाइते बनाइ दिएका छन्।
चन्द्रनगर गाउँपालिका वडा नं. २ बिर्ताबजारका देवेन्द्र राय यादव र उनका छोरा प्रविण राय यादवले दुई जना महिला आमा छोरीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

खेतमा भिन्डी टिपेको विषयमा विवाद हुँदा स्थानीय ५० वर्षिया पानो देवी महतो र निजकी २६ वर्षिया छोरी छोरी उर्मिला देवीलाई यादव बुवा छोरा मिलेर निर्घात कुटपिट गरेको पानो देवीका श्रीमान नथुनी महतोले बताए ।
भिन्डी टिप्ने विषयमा सुरुमा यादवकी श्रीमति संग पानो देवीहरुको झगडा भएकाे र पछि घरमा नै गएर यादव बुवा छोरा मिलेर कुटपिट गरेको नथुनी महताेले बताए।

यादव बुवा छोराको कुटपिट बाट गम्भिर घाइते पानो र उर्मिलाको ईश्वरपुर नगरपालिका बयलवास स्थित सिद्धिविनायक अस्पतालमा उपचार भइ रहेको छ ।
अस्पतालका चिकित्सकका अनुसार दुबै महिलाहरुको शरिरको विभिन्न भागमा निलडाम भएको र पानोको हातमा जटिल रुपमा चाेट लागेको छ।
कुटपिट पश्चाच यादव बाबु छोरा दुवै जना जना फरार रहेको छ । पीडितहरुले ईलाका प्रहरी कार्यालय केशरगंजमा घटना बारे निवेदन दिएको छ।
पीडीत महतोका अनुसार शनिवार दिउँसो बुवा–छोराले मिलेर कुटपिट गर्नुको साथै श्रीमती र छोरीलाई बलात्कार गर्ने जस्ता धम्की समेत दिएको बताए।




