धनुषा – धनुषाको मिथिला नगरपालिका–१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका बेला श्रेष्ठलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



मृतकको शव पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी लालगढले जनाएको छ।




