महोत्तरीको विभिन्न शहर, नगर र गाउँहरुमा जेन–जीहरुको सडकमा टायर बालेर बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्।
जेन जीहरुको समुहले सदरमुकाम जलेश्वर सहित बर्दिवास, रामगोपालपुर, औरही, गौशाला सहित विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेका छन् ।
विभिन्न क्याम्पसमा अध्यणरत जेन जीहरुको समूहले ड्रेस लगाएर सयौँको संख्यामा हरेकाहरुले बर्दिवासमा बिहानैदेखि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गर्दै गरेको हुँदा पूर्व पश्चित राजमागर्ग अवरुद्ध भएको छ।
सडकमै टायर बालेर तथा मुढाहरु राखेर सडक बन्द गराएपछि जलेश्वर जनकपुर जाने यात्रुहरु अलपत्र परेका छन् । कार्यालय जाने कर्मचारीहरु समेत वैकल्पिक बाटो प्रयोग गर्न वाध्य छन् ।




विद्यार्थीहरुले जेन–जीहरुको अविलम्ब माग पूरा गर्नुपर्ने र हत्या गरिएका जेन–जीहरुलाई सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् ।
जेनजी युवाहरु भेला भएर गरिरहेको प्रदर्शनमा बिद्यार्थी मार्न पाइँदैन लगायत सरकारविरुद्ध चर्को नाराबाजी गर्दै सरकारमा बसेकाहरु सबै भ्रष्टाचारमा लिप्त भएको भन्दै विरोध जनाएका छन् ।
यस्तै सुरक्षाकर्मीले हस्तक्षेप नगरे पनि जुलुशको निगरानी भने राखिरहेको छ । यसक्षेत्रको विद्यालयहरु समेत आज बन्द छ ।
जेन–जीहरुले आन्दोलनमा राजनीतिक दलका व्यक्तिहरु सहभागी नहुन आग्रह गरेका छन् ।




