महोत्तरी - नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। महोत्तरीसहित मुलुकका विभिन्न क्षेत्रमा आन्दोलनपछि केही दिनअघिदेखि लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्ना पेसा–व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। आम नागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ।
महोत्तरीमा पनि आज बिहान ११ बजेदेखि कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।




