बर्दिबास - आउँदै गरेको चाडपर्वलाई लक्षित गरी रोट्रयाक्ट क्लब अफ बर्दिबास र रोटरी क्लब अफ बर्दिबासको संयुक्त आयोजना र बर्दिबास नगरपालिकाको समन्वयमा आइतबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
‘सफा वातावरण, स्वस्थ जीवन’ भन्ने मूल नारासहित गरिएको सो कार्यक्रममा स्थानीय बासी,जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास ,इलाका प्रहरी कार्यालय बर्दिबास,उद्योग बाणिज्य संघ बर्दिबास,लियो / लायन्स क्लब बर्दिबास,होटेल व्यावसायिक,समाजसेवी,क्लबका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रम बर्दिबासको मेन चोक सरसफाइ र बगैंचा गोडमेल गरिएको छ । क्लबका अध्यक्ष सरोज गजमेरले भन्नुभयो, “हामी सबैले आफ्नो घर वरिपरिको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश यो कार्यक्रममार्फत दिन खोजिएको हो।
आउँदै गरेको चाडपर्वमा सफा र आकर्षक वातावरणले मात्र हाम्रो उत्सवलाई अझ रमाइलो र स्वास्थ्यप्रद बनाउन सक्छ। यसरी साना–साना पहलबाट ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ।” सो अवसरमा सरसफाइमा संलग्न स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्दै क्लबले आगामी दिनमा यस्ता सामाजिक कार्यहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने र आफ्नो वरिपरि आफैं सफा गर्नुपर्ने र क्लबले आगामी दिनमा रचनात्मक सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।






