धर्बेन्द्र झा,जनकपुरधाम- मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सङ्घीयताविरुद्धका कुनै पनि षड्यन्त्र आफूहरूलाई स्वीकार नहुने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला भएको बताएका छन् ।
जेनजी समूहको अन्दोलनपछि मङ्गलबार बसेको प्रदेश सभाको छैठौँ अधिवेशनको तेस्रो बैठकमा बोल्दै राजनीतिक दलका नेताले यस्तो बताउनुभएको हो । उहाँहरूले व्यवस्था राम्रो भए पनि अवस्था खराब भएका कारण युवामा निराशा बढ्दै गएपछि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने प्रमुख मागसहितको आन्दोलन उचित भएकाले आफूहरूको कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।



नेकपा (एमाले) संसदीय दल मधेश प्रदेशका नेता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न व्यक्तिले सहादत प्राप्त गरेको भन्दै यस व्यवस्थालाई कसैले समाप्त गर्न खोजे नेपाली जनताले रक्षा गर्ने बताउनुभयो ।
उहाँले सङ्घीयताका बारेमा फिजाइएको भ्रमलाई चिर्नका लागि सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै सङ्घीयता आएपछि मात्रै देशमा विकास सुरुवात हुनथालेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका व्रmममा केही आपराधिक मानसिकता भएका व्यक्तिले उद्योग कलकारखाना, होटेल र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरी व्यापक क्षति पु¥याएको भन्दै यसको छानबिन हुने बताउनुभयो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सात वटैै प्रदेशमा सबैभन्दा पहिले बैठक बोलाएर मधेशलाई सङ्घीयता चाहिएको छ भने कुराको पुष्टि गरेको बताउनुभयो ।
उहाँले सङ्घीयतामाथि कसैले प्रहार गर्न खोजेमा आफूलाई स्वीकार नहुने भन्दै यसको रक्षाका लागि हामी सबै एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । बैठकमा जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले जेनजी पुस्ताले गरेको आन्दोलनको माग गलत नभएको भन्दै सबैले आत्मचिन्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सङ्घीयता र गणतन्त्र समाप्त पार्ने कहीँ कतैबाट षड्यन्त्र भए मधेशी जनताले स्वीकार नगर्ने बताउनुभयो । बैठकमा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले वर्तमान व्यवस्थामा अवस्था परिवर्तनका लागि पार्टीले नौैलो गणतन्त्र अवधारणा ल्याएको भन्दै जनमत पार्टी सधैँ सङ्घीयताको पक्षमा रहेको बताउनुभयो । बैठकमा प्रदेश सभा सदस्यहरू जवाहर कुसवाहा, जैनुल राइन, कनिष पटेल, उर्मिलादेवी सिंह, विमला अनसारसहितका प्रदेश सभा सदस्यले धारणा राख्नुभएको थियो । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलकोे अध्यक्षतामा भएको बैठकमा जेनजी आन्दोलनका व्रmममा सहादत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष प्रस्तावका रूपमा शोक प्रस्ताव पारित गरिएको थियो । अर्को बैठक बुधबार ८ गते दिनको १ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।




