सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले सिरहाको गोलबजार नगरपालिका–६ पानिट्याङ्की नजिकैको गोदाममा लुकाइछिपाइ राखिएको १५४ बोरा सरकारी अनुदानको मल बरामद गरेको छ ।
अनुगमन टोलीले गरेको छापामारीमा डिएपी, युरिया र पोटाससहित विभिन्न मलको ठूलो परिमाण बरामद भएको हो । जिल्ला प्रशासन कार्यालयका कर्मचारी अनिल कुमार यादवका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडमार्फत वितरणका लागि पठाइएको ९६ बोरा डिएपी, ३६ बोरा युरिया र ६ बोरा पोटास बरामद गरिएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत ल्याइएको ६ बोरा युरिया, १ बोरा पोटास र ९ बोरा गैर–अनुदान मलसहित कुल १५४ बोरा मल नियन्त्रणमा लिइएको छ ।
किसानहरूले लामो समयदेखि बजारमा अनुदानको मल अभाव रहेको र उपलब्ध भए पनि महँगो मूल्यमा बिक्री भइरहेको गुनासो गर्दै आएका थिए । सोही गुनासोको आधारमा गरिएको अनुगमनमा ठूलो परिमाणमा मल गोदाममै लुकाएर राखिएको पाइएको हो ।
अनुगमन टोलीले गोलबजारकै धमिनीस्थानमा रहेको अर्को गोदाम पनि तत्कालै शील गरेको छ । छरछिमेकसँग बुझ्दा उक्त गोदामको मालिक पहिचान नहुँदा अनुसन्धानलाई अगाडि बढाइएको जनाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपराज पौडेलका अनुसार बरामद प्रकरणबारे विस्तृत अनुसन्धान सुरु भएको छ । अनुगमन टोली पुग्नेबित्तिकै गोलबजारका धेरै कृषि व्यवसायीहरू पसल बन्द गरेर भागेको तथ्य पनि खुलेको छ । बरामद गरिएको गोदाम भने स्थानीयका अनुसार कौशल महतोको भएको देखिन्छ । तर, हालसम्म उनी प्रशासनको सम्पर्कमा आएका छैनन् ।
अनुगमन टोलीका सदस्यहरूले सहकारीमार्फत किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल व्यवसायीहरूले भण्डारण गरेर कालोबजारी गर्ने गरेको तथ्य उजागर भएको बताए ।
जिल्ला प्रशासन कार्यालयले मल तस्करी र कालोबजारीमा संलग्नलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ । साथै किसानलाई समयमा अनुदानको मल उपलब्ध गराउन




