सुजाता राई
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको कुल सम्पत्ति र दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो वर्ष ४८ करोड ४ लाख रहेको संस्थाको सम्पत्ति चालु आर्थिक वर्षमा ९ करोड बढीले वृद्धि भएको हो ।
संस्थाका अध्यक्ष जीवन काफ्लेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सम्पत्ति ६३ करोड ९० लाखभन्दा माथि पुर्याउने लक्ष्य राखिएको छ । संस्थाले गत वर्ष ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरेकोमा, खर्च ४ करोड ९२ लाख २३ हजार ९६७ रुपैयाँ ७६ पैसा भएको उनले जानकारी दिए ।
कुल आम्दानीमध्ये ९४ प्रतिशत लक्ष्य हासिल भएको सहकारीको निक्षेप रकम ४४ करोड ४३ लाख ११ हजार ७०८ रुपैयाँ ७३ पैसा पुगेको छ भने ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । कोष हिसाबमा ४ करोड ९९ लाख ७२ हजार ४३ रुपैयाँ ३१ पैसा रहेको उल्लेख छ ।
विराटनगरस्थित कन्ननजुङ्गा पार्टी प्यालेसमा सम्पन्न सभामा कार्यक्रममा प्रमुख अतिथि-नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्यसमिति सदस्य श्री भवानी न्यौपाने (दाहाल) विशेष अतिथि- राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्याय श्री रमेश प्रसाद पोखरेल र वरिष्ठ उपाध्यक्ष श्री रेवन्त गौतम अतिथिहरू - राजकुमार गिरी, अनुशासन आयोग अध्यक्ष पेशागत महासंघ नेपाल विष्णुप्रसाद अर्याल केन्द्रिय उपाध्यक्ष,सहकारी बिभाग प्रमुख केन्द्रीय उपाध्यक्ष सहकारी विभाग प्रमुख श्री रामचन्द्र अधिकारी महासचिव- नेपाल निजामती कर्मचारी संगठन के .का . स श्री बामदेव ओलि,उप -महासचिव नेपाल निजामती कर्मचारी के.का.स.लगायतका उपस्थिति रहेको थिए।

सभाको अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कर- इन्दिरा रिजाल,दधिराम दाहाल स्मृति अक्षयकोषबाट - भवनाथ पौडेल र हिरनकुमार थापा स्मृति पुरस्कारद्वारा पत्रकार सुमन सुस्केरा तिम्सिनालाई सम्मान गरे। पुरस्कारहरू प्रमुख अतिथि र अध्यक्ष काफ्लेले प्रदान गरेका थिए ।

कार्यक्रममा ७५ वर्ष भन्दा माथिका सेयर सदस्य जेष्ठ नागरिकहरू र एस.ईई तथा कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका सन्तानहरुलाई सम्मान गरे भने शैक्षिक सपोटका लागी ३ जनालाई पुरस्कर प्रदान गरेर सबैका मन जित्न सफल भएको राष्ट्र सेवक सहकारी संस्था एक उदाहरणीय दृश्य बनेको छ।

संस्थाका सचिव-सुवेदीका अनुसार, गत वर्ष संस्था “उत्कृष्ट सहकारी”को रूपमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक, र प्रदेश सहकारी रजिष्ट्रार तथा तालिम कार्यालयबाट पुरस्कृत भएका जानकारी भयो।

सन् १९९८ (२०५५ साउन ४ गते) मा स्थापना भएको यस सहकारीमा हाल १,८९३ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको अध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा अतिथिहरुलाई स्वागत मन्तव्य उपाध्यक्ष तुल्सी नारायण अधिकारीले गरे भने कार्यक्रम सञ्चालन सचिव-ओमराज सुवेदीको रहेको थियो।




