काठमाडौँ - भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभन्न कारागारमा आगजनी र तोडफोड गरी भागेका कैदीबन्दीमध्ये ६ हजार ५१६ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
आइतबार फरार रहेकाहरुको सूचीसमेत सार्वजनिक गर्दै विभागले फरार रहेकाहरुमध्ये ५ सय ४० जना भारतीय नागरिक र अन्य देशका १ सय ८ जना विदेशी नागरिक रहेको जनाएको छ । तीमध्ये ५ हजार ८६८ जना नेपाली नागरिक रहेको विभागले जनाएको छ ।
यस्तै, हालसम्म ९ हजार ८ जना कैदीबन्दी पक्राउ परेको विभागले जनाएको छ ।
विभागको सूचना अनुसार भदौ २४ को प्रदर्शनका बेला देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए । तीमध्ये भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको थियो । कारागारमा रहेका १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेका थिए ।
*कारागार व्यवस्थापन विभागको सूची अनुसार अद्यावधिक गरिएको छ ।– सम्पादक
यस्तो छ फरारहरुको सूची :
कान्तिपुर




